
–वसन्त अनुभव- लमजुङ, २९ फागुन / गएराती दाङका एक युवकको चट्टानले च्यापिएर लमजुङमा मृत्यु भएको छ । तुलसिपुर उपमहानगरपालिका वडा नं. ६ स्याउलिबजार निवासी युवराज बस्याल र सरिता बस्यालकाे छाेरा ई. निरञ्जन बस्यालकाे कामकाजकै सिलसिलामा सुरुङ माथिबाट खसेको चट्टानले च्यापिएर मृत्युु हुन पुगेको हो ।
उनले लमजुङ स्थित सुपर दाेर्जे हाईड्राे पावर कम्पनीमा इन्जिनियर पदमा कामकाज गर्दै आइराखेका थिए । हाल उनको शव लमजुङको वेसिशहर स्थित सामुदायिक अस्पतालमा राखिएको छ । शवको अन्तिम संस्कार भाेली विहान ७/ ८ बजे बबई घाटमा हुने जनाइएको छ ।

