कोरोना सँग लड्न यी जडिवुटीको प्रयोग गरौँः आयुर्वेद विभाग

  • १७ चैत्र २०७६, सोमबार १०:०९ मा प्रकाशित
  • काठमाडौं- अहिले कोरोना संक्रमणले विश्वभर डर लाग्दो रुपलिरहेको छ । हाल सम्म लेपालमा पनि पाँच जनामा यो भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरसलाई फैलन नदिनका लागि विभिन्न निकायहरुबाट धेरै पहलहरु भइरहेका छन् ।

    यसै क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शरीरमा रोग प्रतिकारात्मक क्षमता बढाउन आयुर्वेदिक जटिवुटीको प्रयोग गर्न सल्लाह दिएको छ ।

    विभामगले अहिले सम्म कोरोना भाइरसको खोप नबनिसकेकाले यसको उपचारको उत्तम उपाय भनेकै जडिवुटीहरु भएका कारण यसलाई बढवा दिन आग्रह गरेका छन् ।

    सो विभागले चार किसिमका जडिवुटीहरुको नाम उल्लेख गर्दै त्यसमा एन्टीमाइक्रोवियल तथा एन्टीभाइरल गुण रहेको दावी गरेको छ । साथै नियमित रुपमा योग तथा प्राणायाम गरेमा पनि भाइरस सँग लड्न सकिने उल्लेख गरिएको छ ।

    कोरोना भाइरसको संक्रमणबाट विश्व स्वास्थ्य संगठनले दिएको सुझावको पालना गर्न पनि विभागले सबैसँग आग्रह गरेको छ। विभागले निकालेको सन्देशपत्र :

    महिला स्वास्थ्य

    Leave a Reply