वीरगञ्जमा मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु

  • १७ चैत्र २०७६, सोमबार ११:०३ मा प्रकाशित
  • १७ चैत, काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ ।

    कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय कुशवाहलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो । काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका आफन्त महेश कुशवाहले बताए ।

    कोरोना संक्रमितमा देखिनेजस्तै लक्षण देखिएको भन्दै पर्साको नेशनल मेडिकल कलेजले काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रिफर गरिदिएको थियो ।

    थ्रेसरमा मुसुरो कुट्ने क्रममा खुट्टामा घाउ लागेको उनको स्थानीय मेडिकलमा टाँका लगाइएको थियो । त्यसको भोलिपल्टदेखि ज्वरो आउन थालेपछि अस्पताल भर्ना भएका थिए । त्यसपछि चिकित्सकले उपचार गर्न नमानेको आफन्तले बताएका छन् ।

    नेशनलपछि नारायणी अस्पतालमा प्रारम्भिक परीक्षणका क्रममा चिकित्सकले ‘सेप्टी सेमिया’का कारण बिरामीको खुट्टाको घाउ र छातीमा संक्रमण देखिएकोले सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गरेका थिए ।

    त्यसपछि राति नै विरामीलाई वीरगञ्ज हेल्थ केयर, गण्डक अस्पताल पुर्‍याए पनि दुवै अस्पतालले विरामी उपचार गर्न अस्वीकार गरेको थियो ।अन्लाईन खबर बाट

    Leave a Reply