कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारीको निधन

  • १६ चैत्र २०७६, आईतवार ०९:२३ मा प्रकाशित
  • स्पेन– कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ ।

    ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    उनी बोर्बन–पार्मा राजपरिवारकी सदस्य हुन्। उनको भाई राजकुमार सिक्टुस हेनरीले राजकुमारीको निधन शुक्रबार भएको पुष्टी गरेका छन्।

    टेरेजाको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

    पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना सङ्क्रमित आठ सय ४४ जनाको ज्यान गएको छ । स्पेनमा अहिलेसम्म पाँच हजार ९ सय ८२ जनाको ज्यान गएको छ भने ७३ हजार दुई सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
    खबरहब

    Leave a Reply