कपिलवस्तु जिल्ला लकडाउन !!

  • १० चैत्र २०७६, सोमबार २१:१४ मा प्रकाशित
  • कपिलवस्तु – सोमबार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि कपिलवस्तु जिल्ला लकडाउन हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले जिल्लालाई लकडाउन गर्ने निर्णय गरेको हो । सतर्कता अपनाउन अन्य जिल्लाबाट कपिलवस्तु जिल्लामा प्रवेश गर्ने मालबाहक गाडीबाहेक सार्वजनिक, निजी सवारी साधन, मोटरसाइकल राति १२ बजेपछि बन्द हुने छन् । मालबाहक गाडीका चालक र सहचालकको हेल्थ डेस्कमा स्वास्थ परिक्षण हुने भएको छ । औषधि पसल र पेट्रोल पम्प , खाधान्न , ग्यास , दूध भने २४ सै घण्टा खुला रहने छ ।

    Leave a Reply