यी सामान्य सावधानी अपनाए कोरोना संक्रमण रोक्न सकिन्छ

  • १४ चैत्र २०७६, शुक्रबार ०८:०२ मा प्रकाशित
  • यी सामान्य स-साना कुराहरुमा ध्यान दियौ भने पनि कोरोना संक्रमणबाट बच्न र रोकथाम गर्न सकिन्छ ।
    हामीले हाम्रो घरपरिवारमा गरिने दैनिक क्रियाकलापमा पनि केही सुधार र सावधानी अपनायौ भने पनि प्राणघातक कोरोना भाइरसबाट वच्न र रोगको रोकथाम गर्न सक्छौ । तसर्थ यहाँ केही टिप्सहरु प्रस्तुत छ्न ।

    हातमा औंठी तथा घडी नलगाऔं । साबुनले हात धोएपनि औंठी तथा घडीको पछाडि भाइरस रहन सक्छन ।

    नङ नपालौं ।

    बाहिरबाट घर आएपछि मोबाइल फोन, चस्मा, ब्याग, कपडा, जुत्ता, मोजा, साँचो, आदिलाई घाममा सुकाउने गरौँ ।

    सकभर पत्रिका घरभित्र नराखौं । अनलाइन संस्करण पढौं ।

    पैसाबाट कोरोना भाइरस सर्न सक्छ । पंजा लगाएर पैसाको काम गरौँ । पैसालाई घाममा राखौं ।

    दुधको प्याकेट, बजारबाट ल्याएको सामान, अनलाइन अर्डर गरेका सामानलाई निसंक्रमण गरौँ ।

    अन्य व्यक्ति भेट्ने कोठामा एक्जिट फ्यान राख्ने, झ्याल खोल्ने गरौँ ।

    स्विमिङ नगरौं ।

    दाहिने हातलाई ( बायाँ हात चलाउनेले बायाँ हात ) अनुहार छुनबाट नियन्त्रण गरौँ ।

    मान्छेभन्दा अलि टाढा गएर वा रुमालले मुख छोपेर खोक्ने, हाच्छ्युं गर्ने गरौँ ।

    बाहिरका सबै सामान र सबै व्यक्तिलाई शंका गरौँ ।

    घरभित्र आउँदा आफुलाई शंका गरौँ।

    मास्कलाई कहिल्यै पनि खल्ती वा ब्यागमा नराखौं । घरबाहिर सुरक्षित तरिकाले डिस्पोज गरौँ ।

    देवता सर्वव्यापी हुन्छन् भन्ने मान्यता राख्नुहुन्छ भने घरबाट नै पुजा गरौँ ।

    हरेक व्यक्तिसंग १.५ मिटरको दुरी कायम गरौँ ।

    पाहुना जाने, बोलाउने संस्कृतिलाई स्थगित गरौँ ।

    हतारिएर धेरै सामग्री तथा औषधि संकलन नगरौं । संक्रमण भयो भने तपाइंले जम्मा गरेका औषधि उपयोगी हुँदैनन् । त्यस्तै तपाईलाई संक्रमण भयो भने तपाइंले किनेका खाद्य पदार्थ तपाईंले खान सक्नुहुन्न ।

    कडा औषधि तथा स्टेरोइड सेवन नगरौं । गरेका छौं भने आफ्नो चिकित्सकलाई जानकारी दिएर घटाउदै हटाउने तरिका सिकौं ।

    सरकारले लगाएको लकडाउनको अनुशासित भइ पालना गरौ । अत्यावश्यक काम बाहेक लकडाउन समयमा घरा बाहिर ननिस्कौ ।

    Leave a Reply