गढवा गा.पा.-५ द्वारा २ लाखको राहतकोष खडा

  • १६ चैत्र २०७६, आईतवार २१:३७ मा प्रकाशित
  • वसन्त अनुभव-
    कोभिड १९ नियन्त्रण तथा रोकथाम कार्यमा सघाउन र ज्याला मजदुरी गर्ने गरिब विपन्न नागरिकहरुलाइ राहात दिन गढ्वा गाउपालिकाको वडा नम्बर ५ ले २ लाखको राहतकोष खडागर्ने निर्णय गरेको छ ।

    सरकारले कोरोना भाइरस रोकथाम एवं नियन्त्रण हेतु मुलुकमा लकडाउन जारी गरेको छ । प्रथम पटक जारी गरेको लकडाउन अवधी सकिनै लाग्दा पुनः एकहप्ता थप्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

    जारी लकडाउन अवधीमा दैनिक ज्याला मजदुरी गरि जिविका चलाउने गरिब तथा विपन्न मजदुरवर्गलाई बिहान साझको दुईछाक टार्न समेत कठिनाइ परिरहेको छ ।

    उक्त कुरालाई मध्यमजर राखी ती गरिब तथा विपन्न मजदुरहरु जसलाई साझ बिहानको २ छाक टार्न वास्तवमै समस्या परिरहेको छ तिनिहरुको पहिचान गरि खाद्यान्न राहत दिन र छिमेकी राष्ट्र भारत लगायत तेस्रो मुलुकबाट भित्रिएका नागरिकको तथ्यांक संकलन गरि तिनीहरुलाई स्वास्थ्य परिक्षण गर्न पठाउने कार्यमा कोषको रकम खर्च गरिने वडाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो ।

    उक्त राहात कोष खडा गर्न समपुरक कोषबाट ८० हजार, वडाध्यक्षबाट ब्यक्तिगत ५० हजार, वडा सदस्यहरुबाट जनही १५ हजारका दरले ६० हजार, वडा सचिव र पशुसेवा प्राविधिक बाट ५-५ हजार प्राप्त भएको जानकारी वडाध्यक्ष भण्डारीले दिनुभयो ।

    Leave a Reply