
९ चैैैत २०७६ पृृृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी ३ ऐना पहारमा बस दुर्घटना भएको छ । पोखराबाट नेपालगञ्ज तर्फ जादै गरेको ना ५ ख ४२९४ नम्बरको यात्रुवाहक वस दुर्घटना हुँदा ३ जनाको मृत्यु र २६ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा सल्यानका वर्ष ४४ का चुडामडी रेग्मी, सोही जिल्लाका वर्ष २२ का सन्दिप वली र एक जनाको सनाखन हुन बाकी रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । गम्भिर किसिमको घाइतेहरु मध्ये ११ जनालाई चितवन र २ जनालाई पोखरा पठाएको र सामान्य घाइतेहरुलाई आँबुखैरेनी स्थित छिम्केश्वरी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मुग्लिङ बजारको पेजबाट



