
कपिलवस्तु – कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागी भारतले आइतबार रातिदेखी नेपालसँगका केही सिमा नाका बन्द गर्ने बताए पनि नेपाल र भारतीय नागरिकका लागी भने सबै नाका खुला रहने भएको छ । भारतीय गृहमन्त्रालय मातहतमा रहेको अध्यागमन विभागले बिज्ञप्तीमा आइतबार राति १२ बजेदेखी नेपाल , भुटान , बंगलादेश , लागाएको देशबाट हुने प्रबेश बन्द गर्ने उल्लेख छ । तर नेपाली , भुटानी तथा भारतीय नागरिकको हकमा सिमा बन्द नभएको उत्तरप्रदेश शिद्वथनगर जिल्लाका डीएम दिपक मिडाले बताए । तर नेपाल हुँदै भारत प्रबेश गर्ने तेस्रो मुलुकका नागरिकको हकमा भने बन्द भएको छ । यसैसाथ भारतको उत्तरप्रदेश सिमासँग जोडिएको नेपालको १५ नाकामध्ये प्रमुख रूपन्देहीको सुनौली , बीरगंजको रक्सौल , महेन्द्रनगरको बनवास र काकडभिट्टाको रानीगन्ज नाका मात्र अन्य बिदेशीहरुका लागी खुला रहनेछन् । सो नाकाबाट तेस्रो मुलुकका नागरिक भारत प्रबेश गर्न पाउने छैनन । कोरोना परीक्षण गर्न सकीने नेपालका चारओटा प्रमुख नाकाबाट मात्रै तेस्रो मुलुकका पर्यटक भारत प्रबेश गर्न सक्नेछन् । भारतीय गृहमन्त्रालयको अध्यागमन महाशाखाका तर्फबाट उपसचिव समिमअहमद द्वारा शुक्रबार साझा जारी सूचनामा भनिएको छ । भारत सिमा बन्द गर्दा त्यहाँबाट हुने आयत निर्यात नै बन्द हुने कतिपय सञ्चारमाध्यममा खबर आएपछि सिद्धनगरका डीएम दिपक मिडाले भने यो सत्या नरहेको बताए ।

