सामाजिक सञ्जालमा प्रहरीलाई गाली गर्ने युवक पक्राउ ॥

  • १६ चैत्र २०७६, आईतवार १९:०३ मा प्रकाशित
  • राघबेन्द्र चौबे (कपिलवस्तु)- सामाजिक सञ्जाल फेसबुकमा प्रहरी र नेतालाई गाली गरेको आरोपमा कपिलवस्तुको मायादेवी गाउँपालिका–१ ईमिलीया गाउँबाट एक जना युवा आइताबार बिहान पक्राउ परेका छन् । मायादेवी गाउँपालिका-१ ईमिलीयाका सफिक खानलाई ईलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको हो । पकडी चोकमा मोबाईल पसल सञ्चाल गर्दै आएका खानले प्रहरीलाई चुतिया र नेतालाई चोर भनी शनिबार राति ८ बजेर ५९ मिनेटको सयममा आफनो फेसबुक वालमा पोस्ट गरेका थिए। कोरोनाका विषयमा आक्रोसित भएर उनले सो पोष्ट गरेका थिए। खानलाई जिल्ला प्रहरी कार्यालय पठाईएको छ । पक्राउ परेका खानसंग सोधपुछ र अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए।

    Leave a Reply