
-वसन्त अनुभव-
चीनको वुहान प्रान्तबाट सुरुभएको नोबेल कोरोना भाईरस (COVID 19) संक्रमण यतिबेला सारा विश्वभरी महामारीको रुपमा फैलिएको छ ।
सुरुमा इपिडेमिक रूपमा देखिएको कोरोना अतिशिघ्र नै प्याण्डेमिक रुपमा देखापर्यो। विश्वका केवल २/३ वटा राष्ट्र बाहेक विश्वभरिका सम्पूर्ण राष्ट्रमा यसको उपस्थिति देखिएको छ ।
आजसम्म आईपुग्दा विश्वमा लगभग ५ लाख (४९९,१२५ जना) कोरोनाका केसहरु देखिएको छ भने २२,३०९ जनाको मृत्यु भैसकेको तथ्यांक पाइएको छ । रोग लागेर निको भैसकेका मानिसहरुको संख्या भने १२१,१९४ जना रहेको छ । कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा धेरै ईटाली- ७,५०३ जना, स्पेन- ४,१४५ जना, चीन- ३,२८७ जना, ईरान- २,२३४ जना रहेको छ ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार नेपाल अति जोखिमयुक्त क्षेत्रमा पर्दछ । हालसम्म नेपालमा ३ जनामा कोरोना पोजिटिभ देखिएको छ । जसमध्ये १ जना निको भैसकेको छ भने अन्य २ जनाको उपचार भैरहेको छ ।
नेपालमा कोरोनाको स्थिति भयावह नभए पनि सतर्कता अपनाउन भने नितान्त जरुरी छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारी गरिदै आएको छ । सरकारले हेल्थडेस्कको स्थापना गरि यात्रुहरूको स्वास्थ्य जांच, आइसोलेसन वार्डको निर्माण, कोरोना विशेष अस्पताल स्थापना, लकडाउन जस्ता कार्य गर्दै आएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउनलाई अत्यन्त राम्रो उपाय मानिन्छ । सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको यस कार्यको अवज्ञा गर्दै जथाभावी हिड्ने गरेको पाईन्छ । घरबाट कोहि बाहिर ननिस्किउन भनी अत्यावश्यक सेवाका कार्यालय बाहेक सम्पुर्ण कार्यालयहरुमा विदा समेत दिएको छ ।
तर सरकारको अवधारणा अनुरुप लकडाउन अवधिमा घरमा नबसी बाहिर निस्कने, घुम्ने, जुवातास खेल्ने, पार्टी गर्ने, रक्सी पिउने, होहल्ला गर्ने गरेको देखिन्छ । अझ सुरक्षाका निम्ति खटेका सुरक्षाकर्मी, प्रहरीको आँखा छलेर सवारी साधन कुदाउने गर्दछौ जबकी ती सुरक्षाकर्मिले आफ्नो स्वास्थ्यको पर्वाह नगरी हाम्रैलागी खटिरहेका हुन्छन ।
ईन्डिया लगायत बाह्य मुलुकबाट आएका मानिसहरु पनि सेल्फ क्वारेन्टाइनमा नबसी मेरो बाटोमा चेक भैसक्यो म स्वस्थ छु भन्दै गाउँघरमा हिड्ने गरेको भन्ने समाचार सुनिन्छ । जुन एकदम गलत र भ्रमपुर्ण हो । बाटोमा चेक गरेको बेला तपाईंलाई ज्वरो नआएपनी १४ दिन सम्ममा लक्षण देखिन सक्ने भएकोले परिवार र छरछिमेकबाट टाढा रहि सेल्फ क्वारेन्टाइन बस्न जरुरी हुन्छ ।


तर यस कुरोको बेवास्ता गरेर हामीले आफ्नो घुडामा आफै बन्चरो हान्दैछौ । भोलि कोरोनाको महामारी नेपालमा पनि फैलियो भने त्यसको प्रभाव कसलाई पर्छ? एकपटक सोचौ त! तसर्थ लकडाउन अवधिभर अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कौ । पटकपटक साबुनपानीले हातमुख धोऔ । आफ्नो स्वास्थ्यको ख्याल आफै गरौ ।
विश्वमा कोभिड १९ को स्थिति







