राष्ट्रियसभा गृहमा प्रचण्डलाई जुत्ता हानियो

  • १८ फाल्गुन २०७६, आईतवार १७:१८ मा प्रकाशित
  • १८ फागुन, काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डमाथि जुत्ता प्रहार गरिएको छ । आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । भरत मोहन अधिकारी फउन्डेशन नेपालको कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

    जुत्ताले भने उनलाई लागेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएको छ ।

    कार्यक्रममा प्रचण्ड प्रमुख अतिथीका रुपमा उपस्थित थिए । उनीसँग मञ्ममा राप्रपा संयुक्तका अध्यक्ष प्रकाश चन्द्र लोहनी पनि थिए । लोहनीले बोलिसकेपछि प्रचण्डले बोले उनी बोली सकेर आशनमा फर्किन लाग्दा अगाडी रहेको एक व्यक्तिले उनलाई ताकेर जुत्रा हानेका हुन् । कार्यक्रममा नेकपाका अन्य नेता साथै अन्य पार्टीका नेतालाई पनि निम्त्याइएको भए पनि प्रचण्ड र लोहनी मात्रै उपस्थित थिए । 

    उनी जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ । २०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए । उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए । आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले दर्शक दिर्घाबाट जुत्ता प्रहार  गरेका थिए । तर उनको जुत्ता मञ्चसम्म पुगेन र प्रचण्डलाई लाग्न पाएन ।

    त्यसपछि प्रहरीले तत्कालै तिरुवालाई पक्राउ गरेको थियो । अन्नपूर्णपोष्ट बाट

    Leave a Reply