जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन यस्ता भेला आयोजना नगर्न आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले सार्वजनिक सूचनामा जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण र सन्त्रास फैलिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै धेरै भिडभाड तथा जनसमुदाय भेला हुने सार्वजनिक कार्यक्रम नगर्न र सहभागी समेत नहुन आग्रह गरेका हुन् । साथै कपिलवस्तुका विभिन्न स्थानीय तहले पनि आ-आफ्नो पालिका क्षेत्र भित्रका सर्वसाधारणलाई ठूलो संख्यामा मान्छे जम्मा हुने गरि कार्यक्रम नगर्न निर्देशन दिएका छन । जिल्लाको माया देबी गाउँपालिका सहितले ठूलो संख्यामा मानिस जम्मा हुने खालका कार्यक्रम नगर्न स्थानिय वासीलाई अनुरोध गरेको छ । मायादेबी गाउँपालिका वडा नंम्बर ३ फुलीकाले भोली आइतबार फागुन फागुन २५ गते आयोजना गर्ने भनिएको अन्तराष्ट्रीय नारी दिवस कार्यक्रम समेत स्थगित गरिएको वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीले बताएको छन् ।