
बाँके, ३ चैत १९ वर्षीया किशोरीमाथि बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–२ आनन्दनगरका २८ वर्षीय चित्र बहादुर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
थापाले किशोरीलाई घरसम्म पुर्याइदिन्छु भनि भ्यानमा हालेर लगेका थिए । उनले किशोरीलाई घर नपुर्याएर बैजनाथ गाउँपालिका–४ गाबरको एक होमस्टेमा लगेर बलात्कार गरेको प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बलात्कारको खबर सुन्नासाथ प्रहरीले थापालाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।इच्छाकामना न्युज .कम बाट

