
१७ फाल्गुन, २०७६
लेखक सङ्घ दाङद्वारा अाज दाङ घोराहीमा अायाेजित साहित्यिक समारोहमा साहित्यकार हरिप्रसाद पाण्डेयद्वारा लिखित संस्कार नामक कविता सङ्ग्रहकाे लाेकार्पण गरियो ।
लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्याैपानेकाे अध्यक्षता तथा वरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्माकाे प्रमुख अातिथ्यमा सन्चालित कार्यक्रममा प्रमुख अतिथि शर्माले उक्त कृतिकाे लाेकार्पण गर्नुभएको थियो भने प्रलेस दाङका अध्यक्ष एवं साहित्यकार भुवन देवकाेटा ‘शरद’ र डा.कृष्णराज डी.सी. ले समीक्षा गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथि राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष पुरुषोत्तम खनाल, प्रलेस नेपालका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गाैतम, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक प्रताप रेग्मी, साहित्यकार भीमकान्त शर्मा अाचार्य,भाेलानाथ याेगी, डा. हिमलाल पन्थी, प्रा.गदाधर पाैडेल, नेपाल सरकारका पूर्व सहसचिव रमेशकुमार अधिकारी लगायतले शुभेच्छा प्रकट गर्नुभएको थियो भने पुस्तकका लेखक हरिप्रसाद पाण्डेयले उपस्थित सबैप्रति कृतज्ञता प्रकट गर्नुभएको थियो ।
लेखक सङ्घ दाङका उपाध्यक्ष गाेविन्द पाैडेलकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण साहित्यकार रमेश पाण्डेयले गर्नुभएको थियो।
सोसल मिडियामा शेयर