
दाङ, १७ चैत ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले अति आवश्यकीय वस्तु घुम्ती सेवा वाट प्रदान गर्ने भएको छ । लकडाउनको अवधीमा अत्यन्त निम्न आय भएका तथा सामान्य आय स्तर भएका उपभोक्ताहरुको समस्यालाइ मध्ये नजर गदै घर घरमा सामाग्री पुर्याउन थालेको हो । संघको आज वसेको बैठकले यस्तो निर्णय गरेको हो ।
अति आवश्यक वस्तुहरुको वर्गीकरण गरि चामल दाल, नुन, तेल, ग्याँस, तरकारी एवम फलफुल र ग्रामिण क्षेत्रमा उत्पादन भएका कृषी उपजहरुलाई खेर जान नदिन यस प्रकारका सेवा दिन थालेको संघका महासचिव नरेश कार्कीले जानकारी दिए ।
यस प्रकारको सेवा प्रदान गर्ने क्रममा सेवाप्रदान गरिने सामाग्रीहरुको मुल्यमा कुनै बुद्धि नगरिएको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए ।
यस प्रकारको सेवा हाल घोराही उप महानगरपालिका वडा नं १४ र १५ का विभिन्न क्षेत्रमा र केही दिन पछि घोराहीका सवै वडाहरुमा प्रदान गरिने संघले जनाएको छ । यस सेवाको लागि हाल १२ वटा पिक अप भ्यान सञ्चालन गरिने संघका कोषाध्यक्ष शुसील पोख्रेलले जानकारी दिए ।
सेवा प्रदान गरिने अवधीभर परिचालन हुने स्वयसेवक तथा कर्मचारीहरुलाई मास्क, पन्जा र सेनीटाइजर लगाएका सुरक्षा सामाग्रीहरु प्रदान गरिनुको साथै उपभोक्ताहरुलाई पनि आवस्यकता अनुसार मास्क, पन्जा, सेनीटाइजर समेत सुपथ मुल्यमा प्रदान गरिने संघका महासचिव कार्कीले बताए ।
सोसल मिडियामा शेयर

