
तुलसीपुर, दाङ / तुलसीपुरमा आज पानीको तलाउमा डुबेर एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका -१५, पत्खौली निवासी शंकर चौधरीकी ६ बर्षिया छोरी समिक्षा चौधरीको पानीमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।
बुधवार दिउँसो २ बजे घरबाट विष्कुट किन्ने भन्दै पसल जाने क्रममा तुलसीपुर उ.म.न.पा -१५, कन्जवारमा रहेको जग्गा सिंचाई गर्न बनाईएको तलाउमा खस्दा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक चक्र डम्मर पालले बताए ।
अनलाइन राप्ती

