ढुंगा कुदेर आकृती निर्माण

  • २१ फाल्गुन २०७६, बुधबार २२:०८ मा प्रकाशित
  • घोराही, १९ फागुन/घोराही उपमहानगरपालिकाले ८ जनालाई ढुंगाबाट मूर्ती सहितका आकृती कुद्ने तालिम दिएको छ । घोराही उपमहामनगर, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल हस्तकला महासंघको सहयोग एवं दाङ हस्तकला संघको आयोजनामा ८ जनालाई एक महिने प्रस्तर अर्थात ढुंगा कुदेर आकृती निकाल्ने तालिम दिएको हो ।

    अमृत कार्की प्रशिक्षक रहनुभएको तालिममा घोराही उपमहानगरका विभिन्न वडाका ८ जना व्यक्तिहरु तालिममा सहभागि भएका थिए । एक महिनाको अबधीमा प्रशिक्षार्थीहरुले विभिन्न भगवानका मूर्ती सँगै अन्य बस्तुहरुको आकृती दिने बस्तुहरु तयार पारेका छन् ।

    दाङ हस्तकला संघका अध्यक्ष अशोककुमार थारुको अध्यक्षतामा भएको तालिम समापनमा बोल्दै नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले सिपलाई अब व्यवसाय सँग जोड्न आग्रह गर्नुभयो ।

    ढुंगा कुदेर आकृती निकाल्नु चुनौतीपूर्ण भए पनि अब त्यसलाई आर्थीक आर्जन सँग जोड्ने गरी अघि बढ्न सुझाब दिनुभयो ।

    कार्यक्रममा उपमहानगरको पर्यटन तथा संस्कृती प्रबद्र्धन शाखा प्रमुख बालकृष्ण खनाल, प्रशिक्षक अमृत कार्की र सहभागि उषा रोकाले कलाको महत्व र अबसरका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण दिप्तीशिखा चौधरीले गर्नुभएको थियो ।
    सोसल मिडियामा शेयर

    Leave a Reply