मर्यादित र सभ्य ढंगले होली/ फागु पर्व मनाउन जिल्ला प्रशासन कार्यालय दाङको आग्रह

  • २२ फाल्गुन २०७६, बिहीबार ००:२८ मा प्रकाशित
  • बसन्त अनुभव / घोराही, २१ फागुन / जिल्ला प्रशासन कार्यालय दाङले रङ र खुशियाली साटासाटको पर्वको रुपमा मनाइने होली पर्वलाई मर्यादित र सभ्य तरिकाले मनाउन सम्पुर्ण दाङबासीहरुलाई आग्रह गरेको छ । यस वर्ष यहि फागुन २६ गते हिमाली र पहाडी जिल्लाहरुमा र दाङ लगायत तराई जिल्ला फागुन २७ गते होलि पर्व परेको छ ।

    कार्यालयले बुधबार एक सार्वजनिक सूचना प्रकाशीत गर्दै उक्त आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ‘ रङ र खुशियाली साटासाटको पर्वको रुपमा मनाइने होली / फागु पर्वको अवसरमा सम्पुर्ण दाङ बासी दाजुभाइ तथा दिदीबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा जिल्ला प्रशासन कार्यालय दाङ हार्दिक शुभकामना व्यक्त गर्दछ । ‘

    साथै सूचनामा यस पर्वलाई धार्मिक एवं सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य तरिकाले मनाउदा मात्र होली / फागु पर्वको महत्व सिद्ध हुने हुँदा मर्यादित र सभ्य ढंगले मनाउनु हुन जिल्ला प्रशासन कार्यालय दाङले सम्पुर्ण दाङ्बासीहरुमा हार्दिक अनुरोध समेत गरेको छ ।

    साथै सूचनामा होली/ फागु पर्व मनाउने बहानामा कसैको इच्छा बिपरित जवर्जस्ती रङ दल्ने, अमर्यादित, ग्रैह्र कानुनी र उच्छृंखल किसिमका कुनै पनि ब्यवहार गर्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने बाटोमा हिड्ने ब्यक्तिहरुलाई दु:ख, हैरानी तथा कष्ट दिने जस्ता कार्य प्रचलित कानुन विपरित हुन ।

    कानुन बिपरित कार्य तथा असभ्य व्यवहार कोहि कसैले नगर्नु नगराउनु हुन सवैमा हार्दिक अनुरोध गर्दछ । कोहि कसैको इच्छा एवं स्वीकृती बेगर यस प्रकारका कानुन बिपरित काम गरे गराएमा प्रचलित कानुन बमोजिम कारवाही हुने कुरा सूचनामा उल्लेख छ ।

    Leave a Reply