
कास्कीको मादी गाउँपालिका ५ चितेपानीमा आइतबार साँझ साढे ५ बजे जिप दुर्घटना भएको छ ! दुर्घटना मा ६ जना गम्भिर घाइते भएका छन् ।

पोखराको काहुँखोलाबाट मादी गाउँपालिका ५ को मादिबेसी जानेक्रममा ध १ ज २४६ नम्बरको जिप चितेपानीको उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।दुर्घटना परी घाइते हुनेमा जीप चालक राजु नेपाली सहित त्रिलोचन सापकोटा, रुद्रनाथ सापकोटा, रुद्रमोहन कुईकेल, दिनेश नेपाली, कृष्ण सापकोटा रहेका छन् । उनीहरु मध्ये ५ जनाको पोखराको मणिपाल शिक्षण अस्पताल र १ जनाको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ


