गोरखा । धार्चे गाउँपालिकाका उपप्रमुख फुलमाया गुरुङ चढेको बोलेरो दुर्घटनामा परेको खबर छ ।
बुधबार राती आरुघाट गाउँपालिका वडा नम्बर २ को घोरतकाे जंगलमा उपप्रमुख गुरुङ सहित चढेको बोलेरो दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।
दुर्घटनामा के कति क्षती भयो भन्ने बारे भने विस्तृत विवरण आउन बाँकी छ । उपप्रमुख गुरुङ भने सकुशल रहेको अपुष्ट खबर छ ।
उनिहरु काशीगाउँमा कार्यक्रममा गएर फर्कदै गर्दा दुर्घटनामा परेको बताइएकाे छ । सिभिल खबर बाट साभर