पोखरा । कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न पोखरा सहित कास्की क्षेत्रमा कुनै पनि मेला/महोत्सव , खेल गतिविधि तथा मानिसहरु जमघट हुने प्रकारका कुनै पनि कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले आग्रह गरेको छ ।
कोरोना भाइरसको संक्रमणको जोखिममा पोखरा लगायत कास्की समेत पर्न सक्ने भएकाले पूर्वसावधानि अपनाउन यस्ता गतिविधि नगर्न आग्रह गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले पोखरा न्यूजलाई बताए ।पोखरान्यूज बाट