-वसन्त अनुभव-
तुलसीपुर, दाङ, १३ चैत / कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाले सक्रिय रुपमा विभिन्न कार्यहरु गर्दै आएको छ । आज पनि उपमहानगरद्वारा निम्न कार्यहरू सम्पादन भएको जनस्वास्थ्य प्रवर्द्धन शाखाका ज.स्वा.नि. बिमल के.सी. जानकारी दिनुभयो ।
१) १९ वटै वडामा स्वास्थ्यकर्मीहरुको परिचालन गर्ने कार्य गरियो ।
२) वर्डा नं २ नगर स्वास्थ्य केन्द्र द्वारा ३६ जना वाहिरवाट यात्रा गरि आयका व्यक्तिहरुलाइ होम क्वारेनटाईनका लागि परामर्श दिने कार्य गरियो ।
३)वडा नं. ३ रानागाउ नगर स्वास्थ्य केन्द्रद्वारा ईण्डियावाट आयका ९ जना व्यक्तिलाई परामर्श र घरमै सुरक्षित तरिकाले वस्न आग्रह गरियो।
४) वडस अध्यक्षद्वारा ईन्डियावाट आयका व्यक्तिहरुलाई परामर्श र लगत लिन टोल समितिलाई निर्देशन दिइयो ।
५) वडा नं. ५ मा ईण्डियाको यात्रा गरि आयका ६ जनाको जनस्वास्थ्य प्रवर्धन शाखाद्वारा घरमै पुगि स्वास्थ्य परिक्षण गरियो तर कोही पनि शंकास्पद नभयको पाइयो।
६) वडा न नगर स्वास्थय केन्द्रद्वारा प्रहरिलाई मास्क वितरण गरियो ।
७) नगर स्वास्थ्य केन्द्र पर्सेनी र प्रहरि चौकी प्रसेनी द्वारा ईण्डियावाट आयका २ जना सल्यान जान हिडेका व्यक्तिको स्वास्थ्य परिक्षण र खानपानको व्वस्था गरि शंकास्पद नभयकोले रेकर्ड राखि घर तर्फ पठाईयो।
८) वर्डा नं ११ नवलपुरमा ईण्डियावाट आयका व्यक्तिहरुलाई घरमै होम क्वारेनटाइनमा वस्न परामर्स दिइयो।
९)कतार वाट आयकी हाल आईसोलेसनमा वसेकी महिलाका आफन्त संग आईसोलेसनमा वसेको व्यक्तिलाई कसरी सहज वातावरण वनाईदिने भन्ने विषयमा छलफल गरियो ।
१०) केही स्वास्थ्य संस्था र एम्वुलेनस चालकलाई स्थानिय स्तरमा तयार पारियकॅ PPE सामग्री लगायत सरसफाई सामग्री वितरण गरियो ।
११) १६ जना व्यक्तिलाई हटलाईनमा राखेका समस्याहरु वारेमा परामर्श प्रदान गरियो।
१२)नगर प्रमुख ,विपद शाखा प्रमुख , प्रशासन शाखा प्रमुख ,जन स्वास्थ्य प्रवर्धन शाखा प्रमुख द्वारा वर्डा हरुमा लकडाउन तथा विदेश वाहिरवाट आयका र वन्द गरियका विषयमा अनुगमन गरियो ।
१३) हालको ५ वेडको क्वारेनटाईनलाई १०० वेड वनाउने योजनामा बनाइयो ।
१४) उध्योग वाणिज्य संघ तुलसीपुरका विनिल केसी द्वारा हालको कोरोना रोकथाम तथा उपचार आवश्यक समग्री विषयमा चासो व्यक्त भयो ।
१५) दिनभर RRT मोवाईल टिम सकृय गराइयो ।
१६)कोरोना अस्थाई अस्पताल वेलझुण्डीमा २ जना हे.अ. खडग चौधरी र कृष्ण गिरिलाई १ हप्ताका लागि परिचालन गरियो ।
१७) हाल कोरोना अस्पतालमा ८ जना रहेको जानकारी प्राप्त गरियो ।
१८) दिन भर लकडाउनको प्रभाव र वजार शुन्य तदा आवतजावत वन्द ,प्रहरि द्वारा कडा निगरानी तर साझ पख मानिस हरु छिटफुट रुपमा वाहिर निस्किएको पाइयो ।
१९) सवै स्वास्थ्य कर्मीहरुलाई कोरोना अस्पताल र क्वारेनटाईन मा ड्युटीको लागि अलर्ट अवस्थामा रहन निर्देशन दिइयो ।
२०) दैनिक कृयाकलापको जिल्ला प्रशासन , नेपाल रेडक्रस सोसाईटी, मिडिया कर्मी , प्रहरी , स्वास्थ्य कार्यलयलाई जानकारी दिइयो ।
२१) सवै विदेश याँत्रा गरि फर्कियका व्यक्तिहरुलाई घरमै सुरक्षित तरिकाले रहन आग्रह गरियो ।

