कोरोनासँग लड्ने क्षमता कसरी बढाउने ? यस्तो छ विज्ञको सुझाव

  • २० फाल्गुन २०७६, मंगलवार ०९:१९ मा प्रकाशित
  • श्व स्वास्थ्य संगठनले नेपाललाई नोबेल कोरोना (कोविड१९)को अति जोखिम रहेको क्षेत्रका रूपमा राखेपछि आम नागरिकमा यो रोगका बारेमा चासो बढेको छ । कतिपय डाक्टरहरूले यसबाट आत्तिनु नपर्ने बताइरहेका छन् ।

    जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले कोरोनासँग लड्ने क्षमता बढाउने उपायहरू बताएका छन् । उनले सामाजिक सञ्जाल फेस्बूकमा लेख्दै कोरोना भाइरससँग लड्न शरीरको इम्युनिटी पावर कसरी बढाउने भन्ने बताएका छन् ।

    हेरौं उनले सुझाएका उपायहरू –

    हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको विकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन ।

    रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।
    १. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।
    २. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।
    ३. घाममा बसौं ।
    ४. नियमित अनुलोम / विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।
    ५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।
    ६. बिहान / बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ ।
    ७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
    ८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
    ९. पर्याप्त मात्रामा सुतौं ।
    १०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।
    ११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।
    १२. दिल खोलेर हाँस्ने गरौँ ।
    १३. नियमित चिया र कफी ( दुध \ चिनी नहालेको ) सेवन गरौँ ।
    १४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।
    १५ . सरसफाइमा अल्छी नगरौं ।

    लोकान्तर.कम बाट

    Leave a Reply