किशोरीहरुलाई नि:शुल्क सेनिटरी प्याड वितरण

  • २४ फाल्गुन २०७६, शनिबार १९:३१ मा प्रकाशित
  • वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाभित्र सञ्चालित किशोरी संवाद कार्यक्रममा आवद्ध कशोरीहरुलाई नि:शुल्क सेनिटरी प्याड वितरण गरिएको छ।

    साथै उनीहरुलाई महिला स्वास्थ्य सम्बन्धी जानकारी पनि दिइएको छ। वीरगञ्ज महानगरपालिका–३० लालपर्सा टोलका एक सयभन्दा धेरै किशाेरीहरु कार्यक्रममा सहभागी छन्।

    भोलेन्टियर समूह वीरगञ्जले संवाद कार्यक्रममा आवद्ध किशोरीहरुलाई नि:शुल्क सेनिटरी प्याड दिएको हो। प्याडको प्रयोग गर्नुका फाइदा र महिनावारीमा आइपर्ने समस्याबाट कसरी जोगिन सकिन्छ भन्ने बारेमा स्वास्थयकर्मी अनिशकान्त कुशवाहा जानकारी दिए।

    उनले किशोरावस्थामा महिनावारीमा उचित सरसफाई नभएकै कारण महिलाहरुमा पाठेघर सम्बन्धी समस्या समयभन्दा पहिले नै देखिने गरेको जानकारी दिए।

    कार्यक्रममा बोल्दै वीरगञ्ज कारागारका स्वास्थ्यकर्मी दिपक यादवले किशोरीहरु प्याडको प्रयोग गर्न लजाउने गरेको बताए। उनले कारागारमा भएका महिला बन्दीहरुलाई पनि प्याड प्रयोग गर्न दिने गरेको बताए।

    कार्यक्रममा बोल्दै भोलेन्टियर समूह विरगञ्जका संयाेजक राजन श्रीवास्तवले आइतबार परेको नारी दिवसको अवसर पारेर किशोरीहरुलाई नि:शुल्क प्याड वितरण गरिएको बताए।देशसंचार.कम बाट

    Leave a Reply