राघबेन्द्र चौबे (कपिलवस्तु )
लामो समयदेखी तेस्रो मुलुकसम्मा चल्दै आएको गाई गोरुको तस्करी नियन्त्रण हुन सकेको छैन । जिल्लाको बिभिन्न स्थानबाट पूर्व – पश्चिम राजमार्ग हुँदै तेस्रो मुलकका लागी गाई गोरुको तस्करी हुँदै आएको छ । राजमार्ग हुँदै गाई , गोरुको तस्करी हेटौंडा हुँदै तेस्रो मुलुक बंगलादेश पुर्याउँदा आएको छन् । मुख्यत मासु प्रायोजनका लागी नेपाल र भारतमा गाई प्रतिबन्ध रहेकोमा गाई भारतको बाट नेपालको नाका हुँदै तेस्रो मुलुक पठाउने र गोरु भने भारतमैं मासु प्रायोजनमा खपत हुने गरेको ब्यापारीहरु बताउछन् । तस्कर गिरोहले पशु क्वारेनटाइन र प्रहरी प्रशासनकै मिलेमतोमा निर्धक्क गाई , गोरु तस्करी गरिरहेको छन् । छिमेकी जिल्ला बाट ल्याईएको गाई गोरु कपिलवस्तुको रेहरा , बर्सौली , नन्दनगर पुर्याउने गरेको ब्यापारी शाहजाद खान बताउछन् । त्यहाँ बाट गोरुको ठूलो व्यापारी नुनुको मान्छे डब्बाल मुसलमानले ट्रकमा गाई गोरु लोड गरी हेटौंडा पठाउने गरेको छन् । गाई , गोरु मासु प्रायोजनका लागी नाकाबाट ओसारपसार गर्न रोक छ । तर नेपालमा भने तस्करले प्रहरी प्रशासनको आडमा धन्दा चलाईरहेको छन् । गाई नेपालको राष्ट्रिय जनावर हो । तर पनि गाडीका गाडी राजमार्गबाट गाई ढुवानी भैरहदा ठाऊँ ठाऊँमा रहेको प्रहरी प्रशासन चुप छन् । सुरक्षा निकायको मिलोमतोमा तस्कर गिरोहले यस्तो काम गरीरहेको श्रोतको दाबी छ । चेकजाँचका लागी रोकेको खण्डमा गिरोहको धम्की र माथिल्लो निकायबाट पनि छोड्ने आदेश आउने गरेको छ । राजमार्गमा खट्ने एक प्रहरीले नाम गोप्य राख्ने सर्तमा भने , कागजपत्र सबै ठिक परेको हुन्छन, हामी तलका कर्मचारी के गर्ने ती प्रहरीले भने । राजमार्गमा रहेको प्रहरी कार्यालयमा मासिक र प्रति ट्रकका हिसाबले रकम दिएर गाई गोरुको तस्करीले बढावा पाएको हो । अहिले माथिल्लो निकायको समेत सहभागी हुने गरेको छन् । मासु प्रायोजनको लागी तेस्रो मुलुकमा गाई गोरुको तस्करी लामो समय देखी हुँदै आएको छ । कपिलवस्तुको नन्दनगर , बरही , बर्सौलीबाट गाई गोरु ट्रकमा हालेर नेपालको पूर्वी नाका हुँदै बंगलादेश निकासी हुँदै आएको छ । तस्कर र प्रहरी प्रशासनको मिलोमतोमा कपिलवस्तुलाई सेल्टर बनाउदै सिमालाई मुख्यनाकाको रुपमा तस्करहरुले लिने गरेको पाइएको छ । प्रहरी घुमुवा र उच्च अधिकृतहरुले महिनावारी तस्करसँग मोटो रकम लिने गरेकोकारण तस्करी नियन्त्रणमा समस्या देखिएको छ ।