कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौला र शिवराज नगरपालिकाको तुरुन्तपुरमा गरि ६ वटा निर्माण साधन माथी अज्ञात समूहले आगजानी गरेको छ । शिवराज नगरपालिका ९ तुरुन्तपुरमा १ वटा स्काभेटर र बिजयनगर गाउँपालिका वडा न २ लोहोरौलामा २ वटा जेसिवि,१ वटा स्काभेटर, २ वटा बोलेरो जिपमा आगजनी भएको हो । बुधवार राती पौने १ बजे उक्त घटना भएको हो । ना १ क ९०६९,बा २ क ८७२९ नम्बरको जेसिवि, बा १९ च ६६४७, बा १६च५२५० नम्वरको बोलोरो जिप र से १ क ७०,बा २ क १४७३ नम्बरको स्काभेटर जलेको हा । आगजानि भएका उक्त सामाग्री हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको पाइएको छ । हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधन माथी अज्ञात समूह द्धारा आगजनी भएको प्रहरीले जनाएको छ । आगलागीबाट जेसिभि , स्काभेटर र स्कारपियो पूर्ण क्षति भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो । आगो किन र कस्ले लगाएको भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले जानकारी दिनुभयो । घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचा प्रहरी चौकीको प्रहरी पुगेको जनाइएको छ ।