४८ बर्षदेखि अलपत्र खानेपानी आयोजना पालुङटारले एक बर्षमै बनायो

  • २७ माघ २०७६, सोमबार ०८:४७ मा प्रकाशित
  • गोरखा । ४८ बर्षदेखि अलपत्रपरेको खानेपानी आयोजना १ बर्षमै सम्पन्न भएपछि स्थानीय खुसि भएका छन् ।

    पालुङटार नगरपालिकाको वडा नम्बर ४ बोहोरागाउँ ग्रामीण खानेपानी आयोजना निर्माण सुरु भएको ४८ बर्ष पछी सम्पन्न भएको छ ।

    आयोजना सम्पन्न भएपछि आइतबार एक कार्यक्रमकावीच पालुङटार नगरपालिकाका नगरप्रमुख इन्जिनियर दिपक बाबू कंडेलले उद्घाटन गरेका छन् ।

    पालुङ्टार नगरपालिकाको २७ लाख र उपभोक्ता समितिबाट १३ लाख ४१ हजार गरी कुल ४० लाख ४१ हजार रुपैयाँ लगानीमा उक्त आयोजना निर्माण सम्पन्न भएको हो ।

    उक्त आयोजना एक घर एक धारा प्रविधिमा निर्माण गरी हरेक घरमा मिटर जडान गरिएको छ । बोहोरा गाउँका ८९ घर धारा निर्माण गरिएको पालुङटार नगरपालिकाले जनाएको छ ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख कंडेलले नगर भित्रमा रहेका सम्पूर्ण बिकास निर्माणका कामहरुमा नगरपालिकाले साथ दिने र समाजिक कार्यप्रति सबै लागेर अघि बढ्नुपर्नेमा जोड दिए ।

    बोहोरागाउँ खानेपानी आयोजनाका अध्यक्ष सरोज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पालुंङटार नगरपालिकाकी उपमेयर पम्फा बसेलले ४८ बर्षको एउटा ऐतिहासिक लामो संघर्षले सफला पाएको बताइन ।

    उपभोक्ता समितिहरुसंगै नगरपालिकाको सहकार्य रहने बताउदै बसेलले आयोजनालाई दिर्घकालिन बनाउन कोष स्थापना, मर्मत सम्भार लगायतका ध्यान दिन आग्रह गरिन । उक्त आयोजना ३६ घनमिटरको ट्यांकीबाट ८९ ओटा मिटरका जडान सहितका धाराहरु निर्माण गरिएको नगरपालिकाका इन्जिनियर अनुप देवकोटाले जानकारी दिए ।

    बोहोरागाउँ खानेपानी आयोजनाबाट वडानम्बर ३ मा बोहोरागाउँ, पन्डितगाउ र वडा नम्बर ४ अन्तर्गत सिमलखर्क, खरबारी, पौडेल गाउँ, थरिगाउँ टोलका उपभोक्ताहरु लाभान्वित भएका छन् ।सिभिलखबर.कम

    Leave a Reply