हराईरहेको मोहम्मद एतेसामुल हक मृतक अवस्थामा फेला ।

  • २० माघ २०७६, सोमबार २२:०७ मा प्रकाशित
  • रौतहट जिल्ला ईशनाथ नगरपालिका वडा नं. ८ मंसरी बस्ने शेख मोहम्मद रैसुल आलमको छोरा वर्ष २० को मोहम्मद एतेसामुल हक मिति २०७६।१०।१५ गते अं. रातको २२.०० बजेको समयमा सोही नगरपालिका को नरकटिया स्थित भिनाजुको घरबाट आफनो घर जान्छु भनि हिडेका थिए ।

    तर निज घरमा नपुगेकोले निजको बुबा आफान्तहरुमा खोजतलास गरेका थिए । खोजतलास पश्चात कतै फेला नपरेकोमा मिति २०७६।१०।१६ गते विहान अं.०८:०० बजेको समयमा प्रहरी कार्यालयमा खवर प्राप्त हुन साथ यस कार्यालयबाट अनुसन्धान अधिकृत समेतको प्रहरी टोली प्ररिचालित गरि खोज तलास गर्ने कार्य भएको थियो ।

    सोही दिनबाट निज ऐतेसामुलहकले बोकेको मोबाईल स्वीच अफ देखिएकोले प्रहरीले सोही दिनबाट गहन रुपमा खोज तलास र अनुसन्धान गरिरेहेको थियो । आज मिति २०७६।१०।२० गते अं.१२:०० बजेको समयमा जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं. ७ अकोलवा स्थित अरुवा खोलामा शंकास्पद रुपमा शव फेला परेको हुँदा २ जना युवती र ३ पुरुष सहित ५ जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान भईरहेको छ । मुस्लिम मिडिया नेपालले जनाएको छ।

    Leave a Reply