स्वास्थ्य सेवा विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठ, डा.पोखरेल मन्त्रालयमा

  • ८ फाल्गुन २०७६, बिहीबार १७:१० मा प्रकाशित
  • २०७६ फाल्गुण ८ बिहीबार
    काठमाडौं- स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा महेन्द्र श्रेष्ठ नियुक्त भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखामा रहेका तथा प्रवक्ता समेत रहेका श्रेष्ठलाई विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो।

    श्रेष्ठलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएपछि विभागका महानिर्देशक रहेका डा. रोशन पोखरेललाई मन्त्रालयमा तानिएको छ। उनलाई कुनै पनि जिम्मेवारी दिइएको छैन।

    डा. पोखरेल १२औं तहमा बढुवा हुने सूचीको पहिलो नम्बरमा रहेका कर्मचारी हुन्।
    स्वास्थ्यखबर

    Leave a Reply