काठमाडौं,१३ फागुन । स्वास्थ्य सेवा विभागका नवनियुक्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्तरवृद्दिको काम तुरुन्तै सुरु गर्ने बताउनुभएको छ । पत्रीका सँगको कुराकानीमा उहाँले स्वास्थ्यमा विगत २ वर्षदेखि रोकिएको चौथो देखि सातौ तहका स्तरवृद्दिको कामलाई अघि बढाउने बताउनुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई चौथो देखि सातौ तहका स्तरबृद्दि गर्ने अधिकार दिइसकेछ । २ वर्षदेखि स्तरवृद्दि नहुँदा स्वास्थ्यमा ५ हजार भन्दा बढि कर्मचारी मर्कामा परेका छन् । स्वास्थ्य सेवा ऐन अनुसार प्रत्येक ६ महिनामा योग्यता पुगेका कर्मचारीको स्वतः स्तरवृद्धि हुने व्यवस्था छ ।
स्तरवृद्धि रोकिएपछि स्तरवृद्दिको बाटो खुलाइदिन माग गर्दै कर्मचारीहरु पटक पटक उच्च अदालत र सर्वाेच्च अदालत पुगिसकेका छन् । अदालतले जेष्ठताका आधारमा स्तरवृद्दि गर्न सरकारको नाममा आदेश दिइसकेको छ ।
हेल्थपाटी