सीपी मैनाली चढेको कार दुर्घटना, स्वास्थ्य अवस्था गम्भीर, उपचारका लागि काठमाडौं लगियो

  • १५ फाल्गुन २०७६, बिहीबार १८:५३ मा प्रकाशित
  • काठमाडौं : दुर्घटनामा परेर गम्भीर घाइते भएका पूर्व उपप्रधानमन्त्री एवं नेकपा मालेका महासचिव सीपी मैनालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। बिहीबार दिउँसो महोत्तरीको बर्दिबास-३ कालापानीमा उनी सवार कार दुर्घटना भएको थियो। गम्भीर घाइते मैनालीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याई ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।

    अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले मैनालीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए। उनले भने,‘हड्डि फ्याक्चर भएको छ, छाति र पेटमा दुख्यो भनिरहनु भएको छ। छाति र पेटमा लागेको चोटपटक पत्ता लगाउन अहिले सिटिस्क्यान गर्न लागिएको डा. पाण्डेले बताए।

    मैनालीको अनुहार र टाउको पनि चोटपटक लागेको छ। ‘मल्टिपल इन्ज्युरी छ। सबै विधाका डाक्टरहरुबीच राय लिने काम भइरहेको छ। ’ डा. पाण्डेले भने।

    झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको मैनाली सवार कार र विपरित दिशाबाट आउँदै गरेको ७६६८ नम्बरको पिकअप भ्यान एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। कारमा मैनालीका छोरा, बुहारी र नाति समेत थिए। अन्नपूर्णपोष्ट बाट.

    Leave a Reply