काठमाडौं, ६ फागुन । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीमाथि अन्यायपूर्ण व्यवहार हुने गरेको गरेको चर्चा चलिरहेका बेला सिंहदरबारका एक प्रहरी निरीक्षकले ड्युटीमै रहेका प्रहरी जवानलाई कुटेका छन् ।
प्रहरी निरीक्षक विक्रम सुवेदीले कार्यालय समयमा ड्युटीमा रहेका एक जवानलाई कुटपिट गरेका हुन् । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत प्रहरी निरीक्षक सुवेदीले ड्युटीमा रहेका प्रहरी जवान बलबहादुर विश्वकर्मालाई कुटपिट गरेका हुन् ।
सलाम गर्न नभ्याउँदा ड्युटीको समयमा काम गरिरहेका प्रहरी जवान विश्वकर्मालाई प्रहरी निरीक्षक सुवेदीले कुटपिट गरेको जनाइएको छ । सुवेदीले विश्वकर्मा कुटे पनि सँगै रहेका दुई जना प्रहरी भने रमिते बनेका घटना हेरिरहेको जनाइएको छ ।
भिडियोमा अन्य दुई जना प्रहरीलाई पनि देख्न सकिन्छ । तर, उनीहरु पनि इन्सपेक्टर सुवेदीले विश्वकर्मालाई कुटेको हेरेर मात्र बसेका छन् ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमार बुढाथोकीले घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन् । सुवेदी र विश्वकमा सिंहदरबार वृत्तमै काम गर्ने भने बुढाथोकीले बताए । यता प्रहरी निरीक्षक सुवेदीले भने विश्वकर्मामाथि आफूले कुटपिट गरेको नभई सम्झाएको मात्र बताएका छन् ।
नयाँ पेज