“सम्मान मधेश” कतार संस्थाद्धारा सहनी परिवार लाई साढे पच्चीस हजार रुपैयाँ आर्थिक सहयोग

  • १० फाल्गुन २०७६, शनिबार २३:३७ मा प्रकाशित
  • वसन्त अनुभव

    सिरहा, २०७६ फागुन १० गते शनिबार / जिल्ला सिरहा परसा पोखर भिणडा गा.पा.लक्ष्मीपुर पताईर वाड नम्बर -२ मा बस्ने सहनी परिवारलाई सन्तान पढाउन र घर बनाउनका लागि सहयोग पुगोस् भनी “सम्मान मधेश” कतार संस्थाले २५ हजार ५ सय ५१रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

    करिब ४/५ महिना पहिले आफ्नो श्रीमान अशोक सहनीको मृत्यु भएपछि धेरै दु:ख कष्टका साथ दिन विताउदै आईरहेकी वर्ष २७ कि तपेसरी देवि सहनीलाई घर चलाउन साह्रै समस्या परि आएको थियो ।

    उनका २ सन्तान (छोरीहरु) दिपा कुमारी सहनी र काजल कुमारी सहनी रहेका छन । आर्थिक अवस्था कमजोर भएको र घरमा कमाई गर्ने मानिस नहुदा गाँसबासको समस्या विकराल बन्दै आएको छ । छोरीहरुको पढाईमा समेत असर पर्न गएको छ । उक्त स्थितिलाई मध्येनजर गर्दै कतारमा क्रियाशिल “सम्मान मधेश” संस्थाले एक कार्यक्रमको आयोजना गरि सो आर्थिक सहयोग गरेको हो।

    “सम्मान मधेश” कतारका अध्यक्ष श्रीप्रताप साह तथा पत्रकार शम्भु पंडितले पीडित परिवारको घरमै पुगेर नगद सहयोग गरेका थिए । रकम हस्तान्तरणका क्रममा अध्यक्ष साहले रकम जुटाउन सहयोग गर्ने सहयोगी हातहरु र सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद दिनुभएको थियो साथै भविष्यमा पनि तन:मन:धनले सहयोग गर्न अनुरोध गर्नुभयो ।

    सहनी परिवारको दु:खकष्ट सहितको सहयोग याचना सहितको भिडियो राजाराम सहनी र बाबुनाथ सहनीले सार्वजनिक गरिदिएका थिए । उक्त परिवारलाई सहयोग गर्नका लागि कतार को साउथ ट्रेनिङ्ग अलजलुम दलान,१० नम्बर दलान,३४ दलान, ४१ दलान को पदाधिकारीहरू विच छलफल गरी सबै मिलेर आर्थिक सहयोग रकम जुटाएका थिए ।

    Leave a Reply