सन्दिप लामिछानेले प्रत्येक विकेटको ८ हजार ८ सय धुर्मुस सुन्तलीद्वारा निर्मित रङ्गशालालाई सहयोग गर्ने

  • १९ माघ २०७६, आईतवार १९:३२ मा प्रकाशित
  • काठमाडौं – अहिले चितवनको भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य धमाधम भइरहेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको यस रङ्गशालालाई देश तथा विदेशबाट धेरै मानिसहरुले आर्थिक सहयोग गरिरहेका छन् । रङ्गशालाको निर्माणको लागी आजदेखि महायज्ञ पनि लगाइएको छ । 

    रङ्गशालालाई सहयोग आउनेक्रममा नेपालका चर्चित क्रिकेट खेलाडी सन्दिप लामिछानेले पनि रङ्गशालालाई आर्थिक सहयोग गर्ने भएका छन् । उनले अमेरिका र ओमान बीचको सिरिजमा लिने प्रत्येक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माण अभियानका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

    बाइस बिघा १६ कट्ठा जग्गामा निर्माण हुन लागेको उक्त रङ्गशाला नेपालकै सबैभन्दा उत्कृष्ट रङ्गशाला बन्ने अपेक्षा गरिएको छ ।  यस रङ्गशालामा ३० हजार मानिस बसेर खेल अवलोकन गर्न मिल्ने गरी बनाउन लागिएको छ । क्यानडानेपाल.कम बाट

    Leave a Reply