शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार अंग्रेजी र नेपाली भाषाको समान रुपले प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए।
काठमाडौंमा आज एक कार्यक्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले नेपाली भाषा र अंग्रेजी भाषाको एक साथ प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए।
अंग्रेजीको बढ्दो प्रयोगका कारण नेपाली भाषा कमजोर हुँदै गएको बताउँदै मन्त्री पोखरेलले नेपालीहरुलाई अंग्रेजी र अन्य भाषाहरुको ज्ञान हुनु आवश्यक छ भन्नुभयो।
उनले भने, ‘समृद्ध नेपाल, खुशी नेपाली’ को दर्शनको प्राप्ति शैक्षिक क्षेत्रको विकास भएमा मात्र सम्भव हुने छ।
मन्त्री पोखरेलले राज्यले प्रविधिको अनुकूल शिक्षाको प्रवद्र्धनलाई प्राथमिकता दिएको बताउँदै इन्टरनेट हाल विद्यार्थीको शिक्षाको स्रोत भएको बतायो। खबरहबबाट