
उमेश कुशवाहा
बिरगंज माघ ५
वड़ा प्रहरी कार्यालय श्रीपुर गस्ती टोलीको सक्रियतामा बिभिन्न प्रकारका कपड़ा बरामत गरी बिरगंज भन्सार कार्यालय बुझाएको छ ।
सो को भन्सार मुल्य करिब ४ लाख बराबरको रहेको छ। सो बरामत गरिएको समान भन्सार समेत बुझाईसकेको वड़ा प्रहरी कार्यालयका श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहले बताउनु भयो ।
वीरगंजको अलौबाट अवैध रूपमा चोरी पठारी गरी भन्सार छली गरिएको लत्ता कपडा बरामद गरेको थियो।
वडा प्रहरी कार्यालय श्रीपुर बाट खटिएको प्रहरी टोलीले अलौ बाट ४ लाख मुल्य बराबरको कपडा बरामद गरिएको साहले बताउनु भयो ।
सिमावर्ती भारतीय शहर रक्शौल बाट अलौ को बाटो हुदै भन्सार चोरी पैठारी गरी अवैध रूपमा नेपाल तर्फ भित्रयाईएको विभिन्न ब्रांड का लत्ता कपडा हरू बरामद भएको साहले जानकारी दिनु भयो ।
बरामद गरिएको समानहरू कुर्ता सुरूवाल,साडी लगाएत कपडा रहेका छन ।