काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्या समाधान गर्न वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कुमार दाहालको ध्यानकर्षण गराएको छ । गत शुक्रबार देखि विभागको महादिर्नेशकको जिम्मेवारी सम्हालेका दाहाललाई कार्यकाल सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गर्न संघ अध्यक्ष विष्णुप्रसाद गैरेको नेतृत्वमा व्यवसायीहरु आइतबार विभाग पुगेका थिए ।
व्यवसायीहरुले निवर्तमान महानिर्देशक समक्ष राखेको मागहरु नै नवनियुक्त महानिर्देशक दाहाल समक्ष राखेको जानकारी दिँदै संघका महासचिव सुजित श्रेष्ठले महानिर्देशक वैदेशिक रोजगार क्षेत्रमा रहेका सेवा शुल्क लगायतका समस्या प्रति संवेदनशील रहेको आफुहरुले अनुभुत गरेको बताए । महासचिव श्रेष्ठले महानिर्देशक समक्ष वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली मार्फत काम गर्दा उत्पन्न झन्झट समाधान गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।मध्यान्हडेली.कम