साउदीअरब, दम्माम
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको प्रतिनिधिमण्डललाई विवेकशील नेपाली साउदीअरबले “श्रमिक समस्या प्रतिवेदन – २०२०” पेश गरेको हो छ। गत सुक्रबार फेब्रुअरी १४, २०२० दम्माम मा आयोजित श्रमिक समस्या अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगार बिभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल, शाखा अधिकृत जमुना काफ्ले र सह-सचिव हरिश्चन्द्र घिमिरे लगायत उपस्साथिति रहेको थियो। विवेकशील बाट प्रतिवेदन प्रस्तुत गर्दै , आगामी दिनहरुमा पनि श्रमिक कार्यक्रमहरु निरन्तरता गर्दै नेपाल सरकारको प्रतिनिधिमण्डलका प्रतक्ष्य उपस्थिति रहेने अपेक्षा गर्दछौ सचिव सुवास तामांङले भने यस कार्यक्रममा सरिक हुन अवसर दिनुभएकोमा नेपाली राजदुतावास रियाद परिवार प्रति कृतज्ञ छौ।
कार्यक्रम नेपाली राजदुतावास रियादको संयोजनमा भएको थियो। विभिन्न संघ सस्थाबाट पनि प्रतिबेदन बुझाएका थियो।