
काठमाडौं । नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा नरेन्द्र विक पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको जनाएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले दिएको जानकारीअनुसार उनी सोमबार नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।
यसअघि पनि विराटनगर विमानस्थलमा उनी गोलीसहित पक्राउ परेका थिए ।