विजय प्रकाश मिश्रले बोली फेरे : म स्विस कम्पनीको एजेन्ट होइन, गोकुल बाँस्कोटा पनि चिन्दिन

  • १२ फाल्गुन २०७६, सोमबार ०२:१२ मा प्रकाशित
  • काठमाडौं, ११ फागुन / गोकुल प्रसाद बाँस्कोटाको ७० करोडको कमिशन डिलको अडियो प्रकरण बाहिर ल्याएका विजय प्रकाश मिश्रले आफूले उक्त अडियो प्रधानमन्त्री केपी शर्मा ओलीलाई नदिएको भन्दै आफ्नो बोली फेरेका छन् । उनले गोकुल बाँस्कोटालाइ समेत प्रत्यक्ष नचिनेको र आफु कुनै स्विस कम्पनीको एजेन्ट पनि नरहेको बताएका हुन्।

    यसअघि आफूले डेढ महिना अघि नै उक्त अडियो प्रधानमन्त्री ओलीलाई दिएको बताएका मिश्रले बोली फेरेका छन् । आफू स्विस कम्पनीको एजेन्ट नभएको पनि उनले जिकिर गरे । यो प्रकरणमा नेपालस्थित् स्विट्जरल्याण्ड दूतावासलाई मुछ्न खोजिएको भन्दै उनले यसमा पनि आफ्नो दुःख व्यक्त गरेका छन् ।

    शनिबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । मिश्रले आफूले ५ अर्बभन्दा बढिको हुन लागेको भ्रष्टाचार रोकेको दाबी गरे ।

    उनले भ्रष्टाचारविरोधी गाडी सिंहदरबार प्रवेश गरेको सुनाए । आफूले निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाको अडियो रेकर्ड नियोजित रुपमा नगरेको समेत मिश्रले जिकिर गरे ।

    मन्त्रीलाई भेट्नुपूर्व आफूले त्यहाँ ठूलो ठूलो राजनीति गफ गर्ने व्यक्ति को रहेछ ? भनेर भिडियो गरेको र त्यतिनै बेला आफू मन्त्रीसँग भेट्न जानु परेकोले रेकर्ड बन्द नभएको र त्यही बेलामा बाँस्कोटाको अडियो रेकर्ड भएको उनको जिकिर छ ।

    कार्यक्रममा मिश्रले आफु भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहेकाले १५ महिनाको लामो अध्यनपछि मात्र यो भ्रष्टाचारको अडियो बाहिर ल्याउन सफल भएको बताए। आफ्नो कम्पनीले नपाएर फसाएको होइन भन्ने प्रश्नको जवाफ दिदै मिश्र भन्छन्, ‘जीटुजी मार्फत भ्रष्टाचार हुन्छ भनेरे मैले अडियो रेकर्ड गरेको हो, मेरो यसमा कुनै दोष छैन।”
    हिमाली पत्रीका

    हेर्नुहोस भिडियो अन्तर्वार्ता https://youtu.be/pt84Lr0wNi0

    Leave a Reply