धरान, २०७६ फागुन ७ / धरानलाई कम्युनिष्टको गड मानिन्थ्यो । २०४६ सालको जनआन्दोलन पछिको निर्वाचनमा धरानमा बामपन्थीहरुले मात्र जित्दैं आएका थिए । तर धरानमा गत मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका धरान नगर सभापति तिलक राईले ‘लाल किल्ला’ भत्काए पछि नेपाली काङ्ग्रेसमा उनको हाई हाई भएको छ ।
देशभर ओरालो लागेको काङ्ग्रेसको साख धरानले जोगाएको भन्दैं आज दर्जन भन्दा बढि केन्द्रीय नेताहरुको उपस्थितिमा नगर कमिटी धरानलाई धन्यवाद दिए । ‘किल्ला’ तोड्न हिक्मत गर्ने तिलक राईलाई पार्टीले औपचारिक रुपमा बधाई समेत दियो ।
धन्यवाद ज्ञापन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंसाक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की, भिष्मराज आङदेम्बे, मीन विश्वकर्मालगायत नेताहरुको उपस्थित थियो।
जिल्लाहरुका सभापति, स्थानीय तहका मेयरहरुकोसमेत बाक्लो उपस्थिति रहेको थियो । ६१ बर्ष पछि धरानमा काङ्ग्रेस आगमन भएको खुशीयालीमा खुशी बाड्न आज नेताहरु धरानमा जम्मा भएका हुन ।
धन्यवाद सभामा सभापति देउवाले नगर काङ्ग्रेसलाई धन्यवादसँगै सरकारलाई गाली गर्न समेत भ्याए । देशमा जनताको वलमा काङ्ग्रेसको आन्दोलनबाट प्राप्त गरिएको प्रजातन्त्र संकटमा परेको बताए । वर्तमान केपी ओलीको कम्युनिस्ट सरकारको रवैयाले काङ्ग्रेसले दुख गरेर ल्याएको प्रजातान्त्रिक व्यवस्था नै संकटमा परेको समेत आरोप लगाए ।
Blast Khabar