
काठमाडौं – विश्वमा धेरैले अनेक प्रतिभा देखाएर विश्व रेकर्ड राखेका छन् । यस्तै भारतकी एक युवतीले पनि आफ्नो अनौठो कार्यले विश्व रेकर्ड राख्न सफल भएकी छिन् । उनी भारतकी सबैभन्दा लामो कपाल भएकी युवती हुन् ।
भारतको गुजरातकी निलांशी पटेल नाम गरेकी उनी लामो कपाल भएकै कारण चर्चामा छिन् । उनले सन् २०१८ मा आफ्नो लामो कपालकै कारण विश्व रेकर्ड बनाएकी हुन् । उनल फेरि पनि लामो कपालकै कारण चर्चामा आएकी छिन् ।
उनले १६ बर्षकै उमेरमा विश्व रेकर्ड राखेकी छिन् । अहिले उनी १७ बर्षकी भएकी छिन् ।अझै उनी आफ्नो कपालकै कारण चर्चामा छिन् । गत वर्ष उनको कपाल १७०।५ सेन्टिमिटर लामो थियो । अब उनको कपाल १९० सेन्टीमिटर पुगेको छ । क्यानडानेपाल डेस्क.कम