
पर्सा माघ १९
उमेश कुशवाहा
…………………………….
सम्मानित पर्सा जिल्ला अदालतको लगत नं.१३१७ मिति २०७४/११/२२ गतेको फैसलाले १ बर्ष कैद र रु.५०००।– जरिवाना सजाय तोकिएको ला.औ. गाँजा/चरेश मुद्दाका फरार प्रतिवादी जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.७ बस्ने लक्ष्मी महतोको छोरा अन्दाजी वर्ष ३० को राम विनोद प्रसाद कुश्वाहालाई जिल्ला प्रहरी कार्यालय पर्साबाट फरार प्रतिवादी पक्राउ गर्न
गठन गरिएको प्रहरी टोलीले निजकै गाउँघरमा लुकिछिपि बसी रहेको
अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
आवश्यक कारवाहीको लागी सम्मानित पर्सा जिल्ला अदालतमा पठाउने कार्य भईरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रदेश प्रहरी कार्यालय २ ले जनाएको छ।