र ताप्ने क्रममा आगोले जलेर गम्भीर घाइते भएकी सायरा खातुनको मृत्यु

  • १५ फाल्गुन २०७६, बिहीबार १९:०५ मा प्रकाशित
  • वीरगन्ज : घुर ताप्ने क्रममा आगोले जलेर गम्भीर घाइते भएकी सायरा खातुनको मृत्यु भएको छ । पर्साको छिपहरमाई गाउँपालिका ५ भिस्वाका रजाक मियांकी श्रीमति ५० वर्षीया सायरा खातून फागुन ४ गते घुर ताप्ने क्रममा आगोले जलेर घाइते भएकी थिइन् । 

    आगलगीबाट जलेर घाइते भएकी खातुनलाई वीरगंजको नारायणी अस्पतालमा उपचार हुन नसकेपछि किर्तिपुर बर्निङ अस्पतालमा उपचारका लागि लगिएको थियो।

    उपचारकै क्रममा बुधबार राती खातुनको मृत्यु भएको थारु अभियन्ता प्रकाश थारुले जानकारी दिएका छन्। पहिलेदेखि बिरामी रहेकी खातुन फागुन ४ गते बिहान आगो तापेर उठ्ने क्रममा लुगामा आगो सल्किएको थियो ।

    आर्थिक अवस्था कमजोर भएकी मियाँको परिवारले उपचारका लागि स्वास्थ्य संस्था लान सकेको थिएनन् । ऐलानी जग्गामा खरको छाप्रो बनाएर बस्दै आएका रजाक मियाँ दम्पतीले ज्याला मजदूरी गरेर छोराछोरी पालन पोषण गर्दै आएका थिए।

    आगोले जलेर घाइते भएपनि उपचारका लागि वीरगन्ज ल्याउने समेत खर्च नभएपछि छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले एम्बुलेन्सको व्यवस्था गरेपछि नारायणी अस्पतालमा ल्याइएको थियो।

    त्यसपछि चन्दा संकलन गरेर सायरालाई काठमाडौंको कीर्तिपुर बर्निङ अस्पताल लगिएको थियो । शरीरको ८० प्रतिशत भाग जलेर गम्भीर अवस्थामा काठमाडौं पुर्‍याएकी खातुनको उपचारका क्रममा मृत्यु भएको हो। सायराको मृत्युपछि श्रीमान र छोराको विचल्ली भएको छ ।  अन्नपूर्णपोष्ट.कमबाट 

    Leave a Reply