रुघाखोकी जाँच्न मन्त्रालयको टोली सिन्धुपाल्चोक प्रस्थान

  • २९ माघ २०७६, बुधबार १४:५६ मा प्रकाशित
  • २९ माघ, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा केहिदिन देखि 100 जना भन्दा बढि ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ ।

    जुगल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अनिल साउदका अनुसार स्वास्थ्य मन्त्रालयको टोली बुधबार साँझसम्म आइपुग्ने बताए ।

    उनले भने, ‘बिरामी औषधि खाएर निको भएका पनि छन् तर अस्वाभाविक रुपमा धेरै भएपछि हामीले उहाँहरुलाई बोलाएको हो । उहाँहरुले कोरोना हो वा होइन जाँच गर्ने भन्नुभएको छ ।’

    सिन्धुपाल्चोकको बिरामीको अवस्था सुन्दा कोरोना नभएको भन्ने देखिए पनि शंका निवारण गर्न स्वास्थ्यकर्मीको टोली बिरामी रहेको गाउँमा पठाउने उनले बताए । अनलाईनखबरबाट

    Leave a Reply