
राष्ट्रपति र सभामुखबीच समसामयिक र संसद् गतिविधिबारे छलफल भएको थियो।
काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ। आज साँझ राष्ट्रपति निवास शीतलनिवासमा उनीहरूबीच पहिलो पटक शिष्टाचार भेटवार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
उनका अनुसार राष्ट्रपति र सभामुखबीच समसामयिक र संसद् गतिविधिबारेमा छलफल भएको थियो। करीब एक घण्टा भएको छलफलमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले चालु संसद्बारे जानकारी गराएका थिए। सापकोटा १२ माघमा सभामुखमा निर्वाचित भएका थिए। रासस