महोत्तरी टुडे समाचारदाता सप्तरी-
५ फागुन २०७६ शान्तिपुर्ण ढंगले सप्तरीकाे जाँजरमा बिगत ३ दिन देखि भइरहेकाे तब्लीग जमातकाे इज्तेमा (धार्मिक सम्मेलन) शान्तिपूर्ण ढंगले आज ५ फागुन २०७६ सोोमबारका दिन अपरान्ह सम्पन्न भएकाे छ ।
दिल्लीकाे मर्कज निजामुद्दीनबाट आएका प्रमुख वक्ता माैलाना हजरत सादले हजाराैं मुस्लिम सहभागीहरू लाइ सामूहिक दुआ गरि हिन्दू मुस्लिममा एकता रहोस् भन्दै दुवा गरेर सम्मेलन समापन गरे ।
समापन कार्यक्रम पछि माे. गफुरकाे अध्यक्षतामा रहेकाे इज्तेमा कमिटी र मुस्लिम अायाेगकाे निगरानी समितिकाे संयुक्त बैठक बस्याे । संयुक्त बैठकले कार्यक्रमकाे समीक्षा गर्दै कार्यक्रम केही कमिकमजाेरी साथ साेचेभन्दा बढी सफल भएकाे ठहर गरेकाे छ ।
बैठकले नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेकाे छ । बैठकले प्रधानमन्त्री केपी शर्मा अाेली, नेपाल प्रहरी नेपाली सेना नेपालको पत्रकार मिडिया कर्मी लगायत हिन्दू मुस्लिम लाई विशेष धन्यवाद दिएकाे छ ।साभार महोत्तरीटुडे.कम