नेपाली काँग्रेस इटहरीका नगर सभापति हेमकर्ण पौडेलले गत बुधबार राती भारतमा ज्यान गुमाएका हरुको परिवारजनलाइ भेट गरेर शान्त्वना दिएका छन् ।
तिर्थयात्राको क्रममा सडक दुर्घटनामा परि ज्यान गुमाउने इटहरी १० का रसिलाल चौधरी र बुधनी चौधरी, फुलसरी चौधरी, टिकाराम चौधरी र बिरबहादुर राई को परिवारलाई सभापति पौडेलले भेट गरी दुर्घटनाबाट आफु मर्माहत र स्तब्ध भएको बताएका छन् ।
मृतकका परिवार तथा आफन्तजनलाई भेट्दै सभापति पौडेलले ज्यान गुमाउनुको क्षतिपुर्ति केही नभएको तर तपाईहरुको पीडा साटासाट गर्न एउटा नगरबासी छिमेकीको नाताले उपस्थित भएको र आगामी दिनहरु आफु र आफ्नो पाटी नेपाली काँग्रेसले दुखमा सक्दो सहयोग गर्ने बचन दिए ।
आफुले केन्द्रीय नेता मार्फत भारतीय राजदुतावास सँग शव झिकाउन पहल गरिरहेको भन्दै पौडेलले आगामी दिनहरुमा आईपर्ने कठिनाईमा साथ दिन तयार रहेको भन्दै सम्पर्क नम्बर आदान प्रदान गरी दुःखमा आफुलाई सधै सम्झन आग्रह गरे ।
मृतक परिवारलाई काँग्रेस नगर सभापति हेमकर्ण पौडेलले भेटे लगत्तै भेट गर्न पुगेका प्रदेश सांसद लिलम बस्नेतले घटनाबाट आफु अत्यन्त मर्माहत भएको भन्दै शव झिकाउन आफुले पनि पहल गरिरहेको जानकारी दिए ।
प्रदेश सांसद बस्नेतले मृतक परिवारलाई प्रदेश र संघिय सरकारबाट उचित क्षतिपुर्ति दिलाउन र घाईतेहरुको उपचार गर्न आफुले सक्दो पहल गर्ने आश्वासन दिदै जनताका सुखदुखमा साथ दिन आफु सधै तत्पर रहेको भन्दै शोकलाई शक्तिमा बदल्न ढाडस दिएका थिए ।
साभार : संचार पाटी