मुस्लिम नेताहरू समीम अन्सारी,जाकिर हुसैन र शमसेर मियाँ झापा जांँदै

  • २७ माघ २०७६, सोमबार ००:४३ मा प्रकाशित
  • नेकपा का दुइ नेता पूर्व राज्यमंत्री जाकिर हुसैन, नेपाल हज समितिका अध्यक्ष शमसेर मिया एंव मुस्लिम आयोग का अध्यक्ष समीम मियाँ अन्सारी झापा आउदै हुनुहुन्छ । मुस्लिम महिला नेतृत्व विकासका लागि अभिमुखीकरण कार्यक्रमका लागि उहाहरु सोमवार विहान ११ बजे भद्रपुर आइपुग्ने कार्यक्रम रहेको छ ।

    नेपाल मुस्लिम फलाह (कल्याण) संघ को आयोजनामा मुस्लिम महिला नेतृत्व विकासका लागि अभिमुखीकरण कार्यक्रम झापाको चकचकि-४ मा माघ २४ र २५ गते सम्पन्न भएको छ ।
    भद्रपुर नगरपालिका वडा नम्बर ६ मा यही माघ २६,२७ र २८ गतेको कार्यक्रममा प्रमुख अतिथिमा मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारी,अतिथि मा पूर्व राज्यमंत्री जाकिर हुसैन र नेपाल हज समितिका अध्यक्ष शमसेर मियाँ कार्यक्रममा आउने कार्यक्रमका संयोजक इंताज शेखले जनाएको छ ।

    यही स्थानमा नेपाल मुस्लिम फलाह संघले मुस्लिम समुदायको शिक्षा सम्बंधित महत्वपूर्ण बिषयलाई लिएर २७ गते मगरिब नमाज पछि (६:३० बेलुका) कुरानपाक र हदीश शरीफको आधारमा इस्लामिक तथा आधुनिक शिक्षाको महत्व बारे प्रवचन कार्यक्रम राखेको छ ।
    उक्त कार्यक्रममा नेपाल मुस्लिम फलाह संघका अध्यक्ष मुफ़्ती उष्मान ज्यु, मुफ़्ती मोतिउर रहमान, भद्रपुर मस्जिदका तदर्थ समितिका अध्यक्ष, मदरसा समितिका अध्यक्ष ,भद्रपुरका मौलानाहरु एवं समाज सेवी हरुको उपस्थिति रहने फलाह संघ एवं HNM टीमका सैदुल शेखले जानकारी गराएको छ । मस्जिद समितिका सदस्य जाहिर रहमानको अनुसार उक्त दिन नेपाल मुस्लिम फलाह संघ को आयोजना मा तथा नेपाल रेडक्रस सोसायटी ,भद्रपुर-झापाको सहयोगमा खुल्ला रक्तदान कार्यक्रम बिहान ११ बजे देखि हुने जानकारी गराउनु भएको छ ।

    नेपालीमुस्लिम .कमबाट साभार

    Leave a Reply